गीता भवन ज्ञान, संस्कार र सनातन धर्मप्रतिको समर्पणको प्रतीक हो।
गीताप्रेस नेपाल, गीताप्रेस गोरखपुरको एक अन्तर्राष्ट्रिय शाखाको रूपमा स्थापना भएदेखि नै यसले गीताप्रेसका मूल सिद्धान्तहरूलाई आत्मसात् गर्दै प्रत्येक कार्यमा निष्ठा र नियमको पालना गर्दै आइरहेको छ। कार्यको गति जे भए पनि, प्रत्येक प्रयास धर्म, नीति र संस्कारमा आधारित हुने भन्ने अटल नीतिमा संस्था स्थिर छ। यही आध्यात्मिक निष्ठाको निरन्तरतासाथ अब गीताप्रेस नेपालले बनारसस्थित गीता प्रेसको निजी भावनाको अनुरूप पशुपति क्षेत्र आसपास नेपालमै एक "गीता भवन" निर्माणको योजना अगाडि सारेको छ। यस भवनको मुख्य उद्देश्य गीताप्रेस गोरखपुरका सत्साहित्यहरुको थोक तथा खुद्रा विक्री केन्द्र स्थापना गर्नु, पुस्तक गोदाम तथा वितरण कार्यालय बनाउनु, मोबाइल गाडीबाट देशभर प्रचार-प्रसारको तयारी गर्नु र भविष्यमा अनलाइन प्रणालीमार्फत पुस्तक वितरणको दीर्घकालीन योजना कार्यान्वयन गर्नु हो। यस उद्देश्यलाई मूर्तरूप दिन हाल पाँच सदस्यीय गीताप्रेस पुस्तक प्रचार-प्रसार केन्द्र नेपाललाई (गीताप्रेस नेपाल) विस्तार गरी अधिकतम २१ जना ट्रस्टी सम्म पु-याउने निर्णय गरिएको छ। साथै, गीता भवन निर्माणको प्रक्रिया अन्तर्गत सदस्य समावेश प्रक्रिया अगाडि बढाइँदैछ र उपयुक्त १५०० वर्गफुट क्षेत्रफल बराबरको जग्गा खोजी कार्य पनि जारी छ। विशेष कुरा के हो भने—जुन दाता महानुभावले गीता भवनका लागि जग्गा दान गर्नुहुनेछ, उहाँका लागि एक विशिष्ट ट्रस्टी सीट आरक्षित राखिने निर्णय गरिएको छ, जसले संस्थामा उहाँको योगदानको कदर हुने सुनिश्चित गर्छ।